प्रज्ञामा राख्न नसकिएपछि श्रीको शव सिधै आर्यघाटतिर
screennepal
प्रकाशित: २०७१, २६ श्रावण सोमबार
no img

10509571_10152346643863106_739919884706846417_n

काठमाडौं ।   अभिनेता श्रीकृष्ण श्रेष्ठको शव अन्तिम दाहसंस्कारका लागि आर्यघाट लगिएको छ । श्रद्धाञ्जलीका लागि प्रज्ञा प्रतिष्ठानमा शव राख्न खोजिएको भए पनि प्रशंसकको भीडका कारण सिधैं पशुपति आर्यघाट लगिएको हो । प्रज्ञामा श्रीलाई श्रद्धाञ्ज्ली दिन हजारौ सर्वसाधारण तथा कलाकारको भीड लागेको थियो । तर उनीहरुको श्रीलाई श्रद्धाञ्जीले दिने सवना पूरा भएन । श्रीको शव यात्रामा दसौ हजार सर्वसाधारण सहभागी थिए ।आइतबार बिहान उपचारकै क्रममा भारतको गंगाराज हस्पिटलमा श्रीको ‘वोन क्यान्सर’ बाट निधन भएपछि उनको शव नेपाल ल्याएको हो ।

10559905_10152346643493106_4147092075944511532_n
श्रीको शव इन्डिनय एयर लायन्सबाट दिउँसो ३ बजे त्रिभुवन विमानस्थल ल्याइएको थियो । श्रीको शवलाई हजारौकोे ¥यालीसहित एयरपोर्टबाट बानेश्वर, माइतीघर हुँदै नेपाल प्रज्ञा प्रतिष्ठानमा श्रद्धाञ्जलीका लागि राखिएको छ । श्रीलाई अन्तिम विधाइ गर्न प्रधानीमन्त्री सुशील कोइराला, मन्त्री, विभिन्न दलका नेता कलाकार तथा सर्वसाधारण प्रज्ञामा पुगेका छन् । एयरपोर्टबाट शव प्रज्ञा ल्याइपु¥याउ करिब ३ घन्टा लागेको थियो भने सर्वसाधारणको भीडले ट्राफिक व्यवस्था अस्तव्यस्त भएको थियो।

10612675_830896020267356_4009390297116153603_n10612675_830896020267356_4009390297116153603_n
प्रज्ञामा श्रीकृष्णको शव डेढ घन्टा राखिने चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीले बताए । त्यसपछि शवयात्रासहित पशुपति आर्यघाट लगिने छ । अभिनेता श्रीकोे अन्त्येष्टिका क्रममा १० जना प्रहरीले सलामी दिँदैछन् । कलाकारलाई यसरी सलामी दिन लागेको पहिलोपटक हो ।

Comments