एकैदिन तीन चलचित्र निर्माण
screennepal
प्रकाशित: २०७१, २५ श्रावण आईतवार
no img

cyber cry

काठमाडौं । एकैदिन तीन वटा चलचित्रको निर्माण । के पत्याउनुहुन्छ ? नपत्याए रुबुसा क्रियसन वर्कस्लाई सोध्नुस् । यस ब्यानरले एकैदिन तीनवटा चलचित्र निर्माण ग¥यो । तर, ती ६ देखि ९ मिनेटसम्मका छोटा चलचित्र हुन् ।
गायक रुकमान लिम्बूले निर्माण गरेका तीन छोटा लघुचलचित्रको निर्देशनचाहिँ देवकुमार श्रेष्ठले गरेका हुन् । ‘साइवर क्राई’, ‘विथ टियर्स’ र ‘मनोलग’ नाम दिइएको यी चलचचिमा भिन्नभिन्नै कलाकारले अभिनय गरेका छन् ।
‘साइवर क्राइ’ मा दीया मास्के, मनोज अग्रहरि र कमल प्यासीको मख्य अभिनय छ भने ‘विथ टियर्स’ मा गरिमा लामा, सदीक्षा बास्तोला र सारिका चौलागाईंले अभिनय गरेका छन् । त्यस्तै, ‘मनोलग’ मा भने श्याम राई एक मात्र कलाकारको अभिनय छ । निर्माता तथा गायक रुकमानका अनुसार यी चलचित्र यु–ट्युबका लागि निर्माण गरिएको हो ।

Comments