अमेरिकी दर्शकलाई नेपालको ‘नालिस’
screennepal
प्रकाशित: २०७१, २३ श्रावण शुक्रबार
no img

Naalis23काठमाडौं । आफ्नो भाषा, संस्कृति र पहिचान विर्सदै गए भोलि के हुन्छ ? भन्ने प्रश्नको सटिक उत्तर दिने चलचित्र ‘नालिस’ शनिबार अमेरिकाको न्यूयोर्कमा प्रदर्शन हुँदैछ ।
विश्व आदिवासी दिवस ९ अगष्टको अवसरमा चलचित्र ‘नालिस’ लाई अर्को चलचित्र ‘पोष्टकार्ड फ्रम नेपाल’ सँगै प्रदर्शन गरिन लागेको हो । विभिन्न मौलिक भाषा र संस्कृतिका चलचित्रहरुको अमेरिकामा प्रदर्शन र प्रवद्र्धन गर्ने उदेश्यले स्थापना गरिएको सिनेमिंगाले न्यूयोर्कका दर्शकमाझ पहिलोपटक चलचित्र ‘नालिस’ देखाउन लागेको हो ।  सिनेमिंगाको ट्राभलिङ लाइट फिल्म स्क्रिनिङ सिरिजअन्तर्गत यसपटक विश्व आदिवासी दिवसको सन्दर्भ परेकाले आदिवासी जनजातिको संकटमा पर्दै गएको पहिचानको मुद्दालाई सटिक ढंगले चलचित्रमा उठान गरिएको छ । चलचित्र छनोट समितिले ‘नालिस’ रुचाएपछि प्रदर्शनका लागि अवसर पाएको सिनेमिंगाका महासचिव मन रानामगरले बताए । शनिवार स्थानीय समयअनुसार अपरान्ह ४ बजे प्रदर्शन हुने चलचित्रका निर्देशक तथा लेखक दीपेन्द्र दोङ तामाङले नेपालबाटै अनलाइनबाट दर्शकको जिज्ञासा मेटाउनेछन् । ‘नालिस’ का निर्माता जेनिश दोङ हुन् । उनले निर्देशनमा समेत दीपेन्द्रसँग सहकार्य गरेका छन् ।
चलचित्रमा किशा थोकर, चाँदनी लामा, गणेश लामा, निशा लामा, विमला जिम्बा र जंगे लोप्चनलगायतका कलाकारको अभिनय छ । यसमा तामाङ समुदायको विवाह संस्कारअन्तर्गत चारदामको रितलाई मूख्य विषय बनाइएको छ ।
अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव–२०१३ मा दर्शक छनोट अवार्ड जित्न सफल ‘नालिस’ यसअघि ताइवान, दक्षिण कोरिया र भारतका दर्शकमाझ प्रदर्शन भइसकेको छ भने अब जापानमा प्रदर्शनको तयारीमा रहेको निर्देशक दीपेन्द्रले बताए ।

Comments