सलमानको ट्वीटको गीत ‘राग सलमान’ (भिडियो सहित)
screennepal
प्रकाशित: २०७१, २३ श्रावण शुक्रबार
no img

कवि शिरोमणी लेखनाथ पौड्यालले त्यसै फुराएका होइनन् यी लाइन ‘बडाले जो गर्‍यो काम, हुन्छ त्यो सर्वसम्मत’ । बलिउड अभिनेता सलमान खान अहिले यसै पनि चर्चामा छन् । उनको फिल्म ‘किक’लाई समीक्षकले दिएको झुर रेटिङले केही फरक पारेको छैन । बरु कमाइको रेकर्ड बनाउदै लगेको छ । यही अवस्थामा उनका ट्विटहरु समेटेर एउटा गीत बनाइएको छ र यसलाई शीर्षक दिइएको छ, राग सलमान। हेर्नुहोस् भिडियो:

अल इन्डिया बकचोड कमेडी टिमले यो गीत र भिडियो बनाएको हो। गीतमा सलमान खानको आधिकारिक ट्विटर अकाउन्ट २दभष्लनकबबिmपजबल बाट भएका ट्विटहरुलाई शब्द बनाइएको छ।
एआईबीको युट्युब च्यानलमा राखिएको भिडियोमा राखिएको परिचयमा उस्ताद सलमान खानको ट्विटर अकाउन्टबाट ट्विटहरु उपयोग गरिएको उल्लेख छ। गीत उमेश गोस्वामीले गाएका हुन् भने उनलाई बाँसुरीमा दीपल मेहता र सीतारमा स्नेहा सुन्दर अनि टेबलमा जयशंकर त्रिपाठीले साथ दिएका छन्।
AIB Quickie   Raag Salman

Comments