युकेमा फुलजस्तै लाग्थ्यो माया
screennepal
प्रकाशित: २०७१, २२ श्रावण बिहीबार
no img

युके । पछिल्लो समयमा नेपाली साङ्गीतिक क्षेत्रमा निकै चर्चामा रहेको ‘फुल जस्तै लाग्थ्यो माया’ बोलको गीतको एल्बम पुन विमोचन भएको छ । गीतकार संगीता बायुङ राईको एल्बम युकेमा केही दिन अगाडी विमोचन गरिएको हो । केही महिना अगाडी नै नेपालमा विमोचन गरिसकिएको एल्बमलाई विमोचन कार्यक्रमका अध्यक्ष देब रुम्दली, गायक हरी राई, मिलन राई, देब राज राई, ललित बहादुर राई, विश्वराज राई, इन्द्र बहादुर राई र ओम राईले सामुहिक रुपमा विमोचन गरेका थिए । 10405892_323672907792234_1734461887_n
ओखलढुङ्गा जिल्ला किरात राई समाज युकेले आयोजना गरेको एल्बम विमोचन कार्यक्रममा एल्बमको बारेमा बोल्दै गायक हरी राईले एल्बमका शिर्ष गीत ‘फुल जस्तै लाग्थ्यो माया’ मर्मस्पर्सी गीत बनेको बताए । एल्बमका अन्य गीतहरुपनि साच्चिकै राम्रो बनेको बताउदै हरीले सुभकामना प्रदान गरे । त्यस्तै कार्यक्रममै देब रुम्दालिलेपनि एल्बम ल्याएकोमा सुभकामना प्रदान गरे । एल्बमको सबै संगीत वरिष्ठ संगीतकार शान्तिराम राईले गरेका हुन् ।
छ गीत समावेश एल्बमका गीतहरु क्रमश ः
१ फूल जस्तै लाग्थ्यो माया – अन्जु पन्त
२ जिन्दगि के हो यौ – उदए सोताङ
३ ए कान्छा तिम्ले – मिलन अमात्य
४ हराएको मेरो मान्छे – प्रमोद खरेल
५ मायालु म मरिगयेनी – दिपक लिम्बु
६ म त गाउकी चन्चली – युमा राई

Comments