‘स्पाइडर मेन’ हिट भएपछि अब ‘स्पाइडर वुमेन’ बन्दै
screennepal
प्रकाशित: २०७१, २१ श्रावण बुधबार
no img

spiderman-llलस एन्जलस, (एजेन्सी) । फिल्म ‘स्पाइडर मेन’ त सबैलाई थाहा भएकै हो । हलिउडमा ‘स्पाइडर मेन’ सिरिज हिट भएपछि अब ‘स्पाइडर वुमेन’ पनि बन्ने भएको छ । समाचारमा जनाइएअनुसार केही समययता फिल्म ‘स्पाइडर वुमेन’ बन्ने योजना भइरहेको छ र सन् २०१७ सम्ममा दर्शकले हेर्न पाउने छन् ।
सोनी पिक्चर्सले ‘स्पाडर वुमेन’ को सिरिज बनाउन लागेको हो । त्यसका लागि उसले कामसमेत सुरु गरिसकेको छ । यस सिरिजमा महिला ‘सुपरहीरोइन’ हुनेछिन्, जसका लागि अभिनेत्रीको खोजी भइरहेको जनाइएको छ ।
सन् २०१७ मा प्रदर्शनमा आउने भनिएको यस सिरजिबारे ‘द अमेजिङ ः स्पाइडर मेन’ का निर्देशक मार्क वेबले यसअघि नै सोचेको बताए । उनले भने, ‘मैले यसबारे पहिल्यै सोचेको हुँ । स्पाइडर वुमेन पनि सफल हुनसक्छ ।’ उनले फिल्म दर्शकको रुचिकर बन्ने दावीसमेत गरेका छन् ।

Comments