सेन्सर सदस्यको प्रतिक्रियाले फुर्किए छवी
screennepal
प्रकाशित: २०७१, २१ श्रावण बुधबार
no img

काठमाडौं । निर्माता छवि ओझालाई केही समयदेखि खुशी हुने अवसरको कमी छ । किनभने उनका पछिल्लो फिल्महरुले अपेक्षित सफलता हासिल गर्न सकेका छैनन् र उनीबाट केही समयअघि मात्रै टाढिएकी अभिनेत्री रेखा थापा बेला–बेला उनीबारे अनेकथोक भनेर दुःख दिइरहन्छिन् । तर, हिजो बेलुकादेखि छवी ओझा खुशीले फुरुक्क परेका छन् । आफ्नो २४ बर्षे फिल्म करियरमा सेन्सर बोर्डका सदस्यले राम्रो प्रतिक्रिया दिएको भन्दै खुशी पोख्दै हिडेका छन् ।

कात्तिक ७ गते देखि रिलिज हुने आफ्नो फिल्म ‘लज्जा’को सेन्सरपछि बढी प्रसंशा पाएको तर्क छविको छ । ‘सेन्सर बोर्डबाट यस्तो प्रतिक्रिया मैले करिअरमै पहिलो पटक पाएको हुँ,’ उनको दावी छ । नवल नेपाल निर्देशित फिल्मबाट छविले शिल्पा पोखरेललाई आफ्नो क्याम्पमा भित्राएका छन् । शिल्पालाई लिएर बनाएको अर्को फिल्म ‘हवल्दार सुन्तली’ हाल पोष्ट प्रोडक्सनमा छ ।
‘लज्जा’ पूर्ण रुपमा नारी प्रधान फिल्म निर्माण कम्पनी छविराज प्रोडक्सनले जनाएको छ । आर्यन सिग्देल पनि महत्वपूर्ण भूमिकामा छन् । सकारात्मक प्रतिक्रिया पाएपछि छविले ‘लज्जा’को भिआईपी शो समेत गर्ने छवीराजले बताएका छन् । ‘लज्जा’ले यूनिभर्सल सर्टिफिकेट पाएको छ ।

Comments