पाइन्टसर्ट लाएर इन्दिराले आफैलाई भनिन्, ‘म चोली गायिका’
screennepal
प्रकाशित: २०७१, १९ श्रावण सोमबार
no img

5काठमाडौं । इन्दिरा जोशीले आफू ‘चोली गायिका’ बताउन थालेकी छन् । चलचित्र ‘लुट’ को ‘उध्रे्रको चोली’ ले देशविदेश पु¥याएपछि उनले यस्तो बताएकी हुन् । हुन त यसअघि पनि ‘चौबन्दी चोली’ गाएकी थिइन् । आफूले गाएको ‘चोली’ बोलको गीत हिट हनु थालेकापछि इन्दिराले अहिले आफैलाई चोली गायिका भन्न थालेकी हुन् । सोमबार राजधानीमा आयोजित ‘चिया गफ’को चोैथो शृंखलामा उनले आफूलाई चोली गायिकाको रुपमा प्रस्तुत गरेकी हुन् ।

Indira jhosiकार्यक्रममा ‘नेपाली संगीतभित्रको विकृति’ विषयकमा युवामाझ अन्तरक्र्रिया गरिएको थियो । कार्यक्रमको प्रारम्भ समीक्षक रमन घिमिरेले नेपाली संगीतको वर्तमान स्थितिमार्फत सुरु गरेका थिए । कार्यक्रममा संगीतका शम्भुजित बास्कोटा, गायिका इन्दिरा र निमा रुम्बाले आ–आप्mना अनुभव सुनाए । युवामाझ विभिन्न विषयमा नियमित सञ्चालन हुने ‘चिया गफ’बारे आयोजकमध्येकी स्मृति ढुंगानाले जानकारी गराइन् । उनले चिया गफ युवाका लागि छलफलको केन्द्र बनाउने लक्ष्य रहेको बताइन् ।
कार्यक्रमा ढुंगानाको नेतृत्वमा गोविन्द सिवाकोटी, जयन्ती ज्ञवाली, कृतिकिरण केसी, अशेष घिमिरे र अखण्ड उपाध्याय डोल्पालीलगायतले ‘चिया गफ’ संञ्चालन गरिरहेका छन् ।
गायक निमा रुम्बाले नेपाली संगीतभित्रको परिभाषा समयअनुसार फरक पर्ने बताए ।  ‘विकृति भन्ने कुरामा अन्योल भइरहेको छ’ उनले भने, ‘पप गीतको सुरुवात अवस्थामा यसलाई विकृति मानिथ्यो । अहिले अभिभावकले बालबालिकालाई संगीत पढाउनको लागि संगीत स्कुल पठाउन थालेका छन्  ।’ त्यस्तै कार्यक्रममा संगीतकार बास्कोटाले संगीतको परिवेश हुर्किदै गएकोमा खुसी व्यक्त गरेका थिए ।

 

Comments