५० लाई पछार्दै प्रतिस्ना भइन् ‘लिटिल आइडल’
screennepal
प्रकाशित: २०७१, १८ श्रावण आईतवार
no img

aकाठमाडौं । यस वर्षको  ‘मिस लिटिल आइडल’ उपाधि प्रतिस्ना केसीले जितेकी छन् । आफ्ना ५० प्रतिष्पर्धीलाई उछिन्दै केसीले ‘मिस लिटिल आइडल–२०१४’ को उपाधी चुमेकी हुन । भक्तपुरको बालकोटस्थित मेरीगोल्ड इङलिस स्कुलमा ७ कक्षामा अध्ययनरत केसीले उपाधीसँगै २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेकी छन ।
एकल एल्बम ‘पहिलो बोली’ श्रोतामाझ ल्याइसकेकी केसी हाल रेडियो नेपालमा समाचार वाचन गर्ने गर्छिन् । बालप्रतिभा पुरस्कार–२०७०, उत्कृष्ठ बालगायिका–२०७०, बालसाहित्य शिशुुसेवा राष्ट्रिय पुरस्कार–२०६९ लगायत विभिन्न पुरस्कार प्राप्त गरिसकेकी केसीले केही चलचित्रमा पनि अभिनय गरिसकेकी छन् । एक्सन इन्टरटेनमेन्टको आयोजनामा शनिबार साँझ राजधानीमा आयोजित प्रतियोगितामा मिन भवनस्थित सहारा एकेडेमीमा ८ कक्षामा अध्ययनरत स्नेहा जर्घा मगर र नक्सालस्थित मल्पि सिटी स्कुलमा ६ कक्षामा अध्ययनरत समिरा अधिकारी क्रमशः फस्ट र सेकेन्ड रनरअप भएका छन ।

b
काठमाडौंका पुर्वजिल्ला शिक्षा अधिकारी बैकुन्ठ अर्याल प्रमुख निर्णाक रहेको प्रतियोगितामा थकेनकुमार गुरुङ, कुन्ति मोक्तान, मनोहरी थापा, एनिस्ता गुरुङ, सोनु श्रेष्ठ, एनी गुरुङ र मनिका राई सम्मिलित निर्णायक थिए ।
प्रतियोगितामा निहा राई मिस पञ्चुअल, परामिता गुरुङ मिस इनोक्सेन्ट, पुमाट्रेस राई मिस स्माइल, ऋतिका डंगोल मिस बेस्ट हेयर, सुजाता गुरुङ मिस फ्रेण्डसिप, क्यारोना कार्की मिस फोटोजेनिक, ऋचा पासवाल मिस पर्सनालिटी, कसिश पण्डित मिस डिस्सिप्लिन र कृपा लामा मिस ट्यालेन्ट घोषित भएका थिए । कार्यक्रममा खेमराज गुरुङ, गरिमा ज्ञवालीको गीत, निर्मला मगर, तायामा कलाकेन्द्र, त्रिकाल आर्ट एकेडेमीको नृत्यले कार्यक्रमलाई रोमाञ्चक बनाएको थियो ।
प्रतियोगीतामा राजधानीका २४ विद्यालयका ५१ जना प्रतियोगी अन्तिम स्पर्धामा उत्रिएका थिए । प्रतियोगीलाई कोरियोग्राफर रोजिन शाक्यले तीन साता प्रशिक्षण दिएका थिए ।

Comments