सेलिना र दिपकले जिते योङस्टार डान्स कम्पिटिसन
screennepal
प्रकाशित: २०७१, १८ श्रावण आईतवार
no img

योङस्टार डान्स कम्पिटिसन (वाइएसडी) सिजन–३ शुक्रवार सम्पन्न भएको छ । सनसाईन मिडिया प्रालिको आयोजनामा भएको कम्पिटिसनमा सिनियिर ग्रुप (१४ देखि १९ वर्ष)मा सेलिना दाहाल विजेता बनेकी छिन् भने जुनियर ग्रुप (६ देखि १३ वर्ष)मा दीपक सुतिहार विजयी बनेका छन् ।
प्रतियोगीतामा सिनियर ग्रुपतर्फ दीपेश तामाङ फस्र्ट रनरअप र विशाल खड्गी सेकेन्ड रनरअप भए । जुनियरतर्फ दीया थापामगरले फस्र्ट रनरअपको उपाधि हासिल गरिन् भने कुमार तामाङलाई सेकेन्ड रनरअपको उपाधि मिल्यो । एउटै मञ्चमा सम्पन्न दुई प्रतियोगीताको अन्तिम स्पर्धामा ८÷८ जना प्रतियोगी पुगेका थिए ।
विजयी दुवै जनाले नगद रुपैयाँ ३० हजारका साथै बेबिलोन स्कुलबाट १२ कक्षासम्मका लागि स्कलरसिप र दुइटा फिल्ममा अभिनय गर्ने मौका पाएका छन् । त्यसैगरी दुइटै ग्रुपका फस्र्ट रनरअप र सेकेन्ड रनरअपले क्रमशः २० हजार र १० हजार रुपैयाँ नगदका साथै अन्य उपहारहरु प्राप्त गरेका थिए ।
प्रतियोगीताको निर्णायक मण्डलमा अभिनेता किशोर खड्का र नृत्यनिर्देशक विमल राई थिए । कोरियोग्राफी राशी भण्डारी, बुद्ध तामाङ, जिना राई र राजीव समरले गरेका थिए । कार्यक्रम संयोजन राधाकृष्ण आचार्यले गरेका थिए ।
एनटिभी प्लसबाट शुक्रवार राती साढे १० बजे देखि प्रसारण हुँदै आएको उक्त रियालिटी शोको दोस्रो सिजन एक महिना पछि सुरु हुने प्रतियोगीतकी निर्देशक प्रमिला तामाङले बताएकी छिन् । ‘मनसँग मन मिले’, ‘लच्किने कम्मर’लगायतका चर्चित गीत गायिका तामाङले पाँच वर्षदेखि उक्त रियालिटी शो गर्दै आएकी छिन् । उनले भनिन्, ‘योङस्टारको प्रतिभा प्रस्तुत गर्नै प्लेटफर्म सिर्जन ागर्न रियालिटी शो गर्दै आएकी छु । यसबाट प्राप्त हौस्लाले चाँडै नै ब्युटि कन्टेस्टको पनि आयोजना गर्ने तयारी भइरहेको छ ।’

Comments