-याडिसन होटलमा भेटिइन् देविका
screennepal
प्रकाशित: २०७१, १७ श्रावण शनिबार
no img

काठमाडौं । गायिका देविका बन्दना शुक्रबार साँझ लाजिमपाटस्थित होटल -याडिसनमा भेटिइन् । उनी त्यहाँ एकल प्रस्तुत लिएर श्रोतामाझ झुल्किएकी थिइन् । दुई दशक यता गायनमा सक्रिय बन्दनाले राजधानीको होटल -याडिसनमा एकल साँझ अन्र्तगत आफ्ना दर्जन बढी गीत सुनाइन् । उनलाई मन्त्र दिव्य इन्टरटेनमेन्टले ‘मेलोडी नाइट विथ देविका बन्दना’मार्फत स्टेजमा उतारेको हो ।
मालिंगो सांगीतिक व्याण्डसँगको सहकार्यमा देविकाले ‘छोडेर गयौं’, ‘घरको जुन चाहिँदैन मलाई’, ‘बाँच्न पनि सारै रैछ’, ‘यी आँखामा उज्यालो कहाँ’, ‘यो माया के हो’, ‘यस्तै रहेछ यहाँको चलन’ जस्ता गीत गाउँदै दर्शकलाई मोहित पारिन् । एक वर्ष अघि बुटवलमा एकल साँझ गरेकी देविकाले राजधानीमा पहिलोपटक आफ्नो कार्यक्रम गरेकी हुन् । उनले चार वर्षअघि पहिलोपटक अमेरिका र लण्डनमा एकल साँझ गरेकी थिइन् ।

devika bandana

Comments