ज्योती बनिन्, ‘टिन आइडल’
screennepal
प्रकाशित: २०७१, १७ श्रावण शनिबार
no img

teen Idolकाठमाडौं । आफ्ना २२ प्रतिष्पर्धीलाई उछिन्दै खोटाङकी १७ वर्षीया ज्योती क्षेत्रीले ‘मिस टिन आइडल–२०१४’ को उपाधी चुमेकी छन । उनले उपाधीसँगै २५ हजार रुपैयाँ पुरस्कार हात पारिन् ।
एक्सन इन्टरटेनमेन्ट प्रालीको आयोजनामा शुक्रबार राजधानीमा आयोजित प्रतियोगीतामा काभ्रेकी १७ वर्षीया साइरिला श्रेष्ठ र विरगञ्जकी १८ वर्षिया प्रियंका मानन्धर क्रमशः फस्ट र सेकेन्ड रनरअप हुन सफल भए ।
प्रतियोगीतामा दुर्गानाथ शर्मा, राजभाई सुवाल, बीएकुमार शर्मा, मुस्कान लिम्बु, समृद्धि राई, पुर्ण लामा, आशिष्मा नकर्मी र मनिका राई सम्मिलित निर्णायक मन्डलले प्रतियोगीतको प्रस्तुतीको मुल्यांकन गरेका थिए। प्रतियोगीतामा प्रमिशा लुइँटेल मिस स्माइल, निकिता महत मिस पर्सनालिटी, प्रियंका महर्जन मिस बेस्ट स्किन, दिव्या महर्जन मिस बेस्ट हेयर, इलिसिभा देवान मिस फ्रेण्डसिम, सञ्जु केसी मिस फोटोजेनिक, उपमा बानियाँ मिस पञ्चुअल, लक्ष्मी राई मिस डिस्सिप्लिन, पेमला शेर्पा मिस पप्लिक च्वाइस र अर्पना लामा मिस ट्यालेन्ट घोसित भएका थिए।
सन २००९ देखी मिस मंगोल नेपाल, मिस लिटिल आइडलजस्तो प्रतियोगीता गर्दै आएको एक्सन इन्टरटेनमेन्टले यसवर्ष देखी मिस टिन आइडल पनि सुरु गरेको हो। प्रतियोगीतामा १५ जिल्लाका २३ प्रतियोगी अन्तिम प्रतिष्पर्धामा उत्रिएका थिए। प्रतियोगीतहरुलाई कोरियोग्राफर रोजिन शाक्यले प्रशिक्षण दिएका थिए ।

Comments