बलिउडमा अर्की अभिनेत्रीको गायनमा डेब्यु
screennepal
प्रकाशित: २०७१, १५ श्रावण बिहीबार
no img

Tabu-Latest-Hot-Photos-12

मुम्बई, (एजेन्सी) । एक समयकी चर्चित बलिउड अभिनेत्री तब्बु पाश्र्व गायिकाको रुपमा उदाउँदैछिन् । यी अभिनेत्रीले आफ्नो आगामी फिल्म ‘हैदर’ को एउटा गीतमा स्वर दिएकी छन् । फिल्मका निर्माता तथा संगीतकार विशाल भारद्वाजले तब्बुलाई गीत गाउन मनाएका हुन् ।
नाटककार शेक्सपियरको नाटक ‘हेमलेट’ मा आधारित फिल्म हो, ‘हैदर’ । यस नाटकलाई विशालले फिल्ममा उतार्दै छन् । ‘हैदर’ बाट गायनयात्रा सुरु गरेकी तब्बु निकै उत्साहित छिन् । तब्बुले गाएको ‘रोशे वाले’ गीतको संगीत विशालले नै दिएका हुन् । यस फिल्मको सुटिङको दौरानमा तब्बुले यस गीतलाई गुनगुनाउने गर्थिन् । अन्ततः त्यही गीतलाई विशालले आफ्नो फिल्ममा स्थान दिएका छन् ।
समाचारमा जनाइएअनुसार तब्बुको गायकीबाट विशाल निकै प्रभावित छन् । उनले तब्बुको गीतले आफ्नो फिल्ममा एक हिस्सा बनाउने विश्वास गरेका छन् । साथै, तब्बुले गाएको यस गीतलाई फिल्मको एल्बममा पनि राखिने भएको छ । आफूले गुनगुनाएको गीत फिल्ममा अँटाउला भन्ने तब्बुले सोचेकी पनि थिइनन् होला तर, त्यो गुनगुनाइहट विशाललाई मनपरेपछि आफ्नो फिल्ममा अँटाएका छन् । अभिनयमा तब्बुको जुन लोकप्रयता छ, त्यसले उनको गायकीमा मद्दत पुग्ने र आफ्नो फिल्मलाई ‘प्लस प्वोइन्ट’ हुने विशालको विश्वास छ ।
‘तब्बुले अभिनय मात्र राम्रो गर्दिनन, उनी गीत पनि राम्रो गाउँछिन्’ विशालले तब्बुको मुक्तकन्ठले तारिफ गर्दै भनेका छन्, ‘उनले जुन गीत गुनगुनाएकी छन् । त्यो गीत अब श्रोता÷दर्शकले गुनगुनाउने छन् ।’

Comments