केटाहरु लाइनमा छन् : सुरबिना
screennepal
प्रकाशित: २०७१, १० श्रावण शनिबार
no img

surbina

कमल दाहाल निर्देशित चलचित्र ‘झेली’बाट नेपाली रजतपटमा डेब्यु गरेकी अभिनेत्री सुरबिना कार्की म्युजिक भिडियोमा व्यस्त मोडल मानिन्छिन् । पहिलो चलचित्रबाटै प्रशंसा बटुल्न सफल सुरबिनाले ‘झेली’मार्फत सेक्सी हिरोइनको छवि बनाइन् । ठूलो पर्दाको चलत्रिमा अभिनय गर्नुअघि दुई दर्जनबढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी सुरबिना आफ्नो आगामी चलचित्र ‘कार्तिक’ मा आर्यन सिग्देल र ‘नाइके’ मा भुपेन चन्दसँग देखिदैँछिन् । यिनै ‘हट केक’ सुरबिनासँग राजेन्द्र कार्कीले गरेको कुराकानीको सम्पादित अंश  :

चलचित्रको यात्रा कस्तो लागिरहेको छ ?
मेरो पहिलो चलचित्र ‘झेली’ हो । यस चलचित्रबाट धेरै प्रशंसा पाएँ । यसअघि मैले दुई दर्जनजति म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छु । जसले गर्दा मलाई अभिनय गर्न सजिलो बनाइदियो र दोस्रो चलचित्र कार्तिक चाँडै आउँदै छ । पछिल्लो समय चलचित्र नाइकेमा अभिनय गर्ने अवसर पाएकी छु । आफुले इच्छाएको क्षेत्रमा काम गर्न पाउँदा एक्साइटेड भइरहेको छु ।
तपाईलाई झेलीबाटै ‘हट केक’ का रुपमा चिनियो नि हैन ? खोई त्यो त मलाई थाहा भएन । तर, पहिलो चलचित्र भएकै कारण धेरै मिहिनेत गरेको थिएँ ।
ग्ल्यामर्स भनेको केजस्तो लाग्छ ?
चलचित्र क्षेत्र नै ग्ल्यामरस हो । कलाकारितामा धेरै पक्षहरु छन्, जसमा एक ग्ल्यामरस पनि हो । यसले चलचित्रलाई आकर्षक र अभिनयलाई परिपक्व बनाउँछ भन्ने मलाई लाग्छ ।
ग्ल्यामर्सका लागि कतिसम्म उदार हुन सक्नुहुन्छ ?
कलाकार भएपछि आफूलाई प्रस्तुत गर्न सक्दिनँ भन्न मिल्दैन । कसैले चलचित्रलाई राम्रो रुपमा प्रस्तुत गराउन ग्ल्यामर्सको लागि अनुरोध गरेमा म तयार छु । ग्ल्यामर्समार्फत सुन्दर कला प्रस्तुत गर्नेछु । म ग्ल्यामरसमा उदार छु ।
दर्शकलाई राम्रो चलचित्र दिन ग्ल्याल्मर्स कतिको आवश्यक ठान्नुहुन्छ ?
चलचित्रको मुख्य आकर्षण नै ग्ल्यामर्स भएकोले पनि यो अति आवश्यक छ । हाम्रो समाज, संस्कृति र परिवारसमेतलाई ख्याल गरेर प्रस्तुत हुन सक्नुपर्छ ।
तपाईको लभ अफेयर्स कस्तो चलिरहेको छ ?
ओहो, के सोध्नु भएको तपाईले । त्यतातिर त मैले सोचेकै छैन । मन पराउने र प्रस्ताव राख्नेहरु त धेरै छन् । तर, अहिले मेरो घरपरिवारको माया नै काफी छ ।
तपाईमा सेक्स अपिल केमा छजस्तो लाग्छ ?
त्यो त मलाई थाहा भएन । मलाई मन पराउने केटाहरुलाई सोध्नुपर्ला । त्यस्तो फिलिङ्स नै गरेकी छैन ।

सेक्सको अनुभव कस्तो हुन्छ ? निर्माता निर्देशकसँग रोमान्स अनि सेक्स नभई त चलचित्रमा टिक्नै सकिन्न भनिन्छ नी ?

म भर्खर २० वर्षको उमेरमा टेक्दैछु । कहाँको अनुभव लिनुनी । रोमान्स र सेक्सबिना चलचित्रमा टिक्नै सकिन्न भन्ने लाग्दैन । मलाई त्यस्तो प्रस्ताव पनि आएको छैन ।

Comments