एकसाथ पाँच हजार स्क्रिनमा सलमानको ‘किक’
screennepal
प्रकाशित: २०७१, ९ श्रावण शुक्रबार
no img

salman

मुम्बई, (एजेन्सी)  । अभिनेता सलमान खानको फिल्म ‘किक’ एकसाथ पाँच हजार स्क्रिनमा रिलिज भएको छ । आफ्नो महत्वकांक्षी फिल्मका रुपमा लिएको ‘किक’ बाट सलमान उत्साहित छन् ।
‘किक’ फ्रान्स, जर्मनी, मोरक्को र मालदिभ्स, नेपाललगायतका विदेशी बजारमा समेत फिल्मले राम्रो दर्शक पाएको बताइएको छ । ४२ भन्दा बढी देशबाट एकसाथ रिलिज गरिएको ‘किक’ को ओपनिङ व्यापारले आफ्ना पुराना रेकर्ड तोड्ने सलमानले अपेक्षा गरेका छन् । सलमानको फिल्म ‘एक था टाइगर’ ले पहिलो दिनमै ३२ दशमलव ९२ करोडको व्यापार गरेको थियो । तर, ‘किक’ ले यस रेकर्डलाई तोड्ने सलमानको विश्वास छ । सलमानले भनेका छन्, ‘किकबाट निकै उत्साहित छु । यो फिल्मले नयाँ रेकडै कामय गर्छ भन्नेमा म विश्वस्त छु ।’
फिल्म ‘किक’ मा सलमानले जबरदस्त स्टन्ट गरेका छन् । यस फिल्ममा लागि सलमानले निकै चुनौती मोलेका थिए, जबकि, सलमानले आफ्नो फिल्मी करिअरमा पहिलोपटक यसरी चुनौती मोलेर स्टन्ट गरेको बताइन्छ । सलमानले प्राय आफ्ना फिल्म ‘ईद’ का अवसरमा रिलिज गर्दै आएका छन् । यसअघि उनले ‘दबंग’ र ‘एक था टाइगर’ पनि ‘ईद’कै अवसरमा रिलिज गरेका थिए ।

salman 21

Comments