किन टुट्यो शंकर–पार्वतीको जोडी
screennepal
प्रकाशित: २०७१, ९ श्रावण शुक्रबार
no img

काठमाडौं । तीजलाई शिव–पार्वतीको पर्व भनिन्छ । तीज लक्षित भाकामा शिवकै अर्काे नाम भएका शंकर बीसी र पार्वती राईको जोडी खूब जम्छ । यसपटक चाहिँ ‘जम्थ्यो’ भन्नुपर्ने भएको छ । किनभने, यसपालि तीजका गीतको सुटिङको लगभग अन्त्यतिर आइपुग्दा एउटा गीतमा पनि यो जोडी सँगै देखिएको छैन ।

shankar - parbati
अघिल्लो वर्षमात्रै २० भन्दा बढी तीजका भाकामा सँगै कम्मर मर्काएका उनीहरू लोकदोहोरीमा ‘केमेस्ट्री’ मिलेको जोडी मानिन्थे । उनीहरूले यसपटक त्यस्तो ‘अवसर नजुरेको’ बताएका छन् । उनीहरू दुइटैलाई नजिकबाट जान्नेहरूले भने सिजनको सुरुमै पारिश्रमिकका कुरामा भएको सानो ‘मिस अन्डस्ट्यान्डिङ’ले शीतयुद्धको रूप लिएको बताएका छन् । यसपटकको तीजमा सँगै नाँच्न ‘नपाए पनि’ फेरि सँगै काम गर्नसक्ने कुरामा दुइटै सकरात्मक देखिएका छन् ।
तीजमै यसपटक नृत्य क्षेत्रका ‘शंकर–पार्वती’को अनुपस्थितिले उनीहरूका फ्यानलाई भने पीर पर्ने भएको छ । किनभने, यसपटक उनीहरू सँगै नाचेको तीजको भिडियो आउने सम्भावना लगभग अन्त्य भएको छ । तर, स्टेजमा भने यो जोडीको सहकार्य बाँकी छ, नेपालगञ्जमा हुने कार्यक्रममा उनीहरु सँगै नाँच्ने भएका छन् ।

Comments