पूरा भयो ईशाको एउटा इच्छा
screennepal
प्रकाशित: २०७१, ९ श्रावण शुक्रबार
no img

esha gupta

मुम्बई, (एजेन्सी) । बलिउडकी नवोदित अभिनेत्री ईशा गुप्ता निकै स्टाइलिस्ट मानिन्छिन् । अभिनयमा प्रवेश गर्नुअघि मोडलिङ संसारमा रमाएकी ईशा फेसनप्रति सजक छिन् । त्यसैले यी अभिनेत्रीलाई फेसन गु्रप ‘स्प्लेश फेशन’ ले भारतीय उप–महाद्वीपका लागि आफ्नो ब्रान्ड एम्बेसडर बनाएको छ । मिडल ईस्टकै एक प्रतिठिष्ट फेसन गु्रपको ब्रान्ड एम्बेसडर बन्न पाउँदा ईशा दंग छिन् । उले भनिन्, ‘फेसन मेरो जीवनशैली हो । आज फेसन कम्पनीकै ब्रान्ड एम्बेसडर बन्न पाउँदा खुसी छु ।
‘स्प्लेश फेसन गु्रप’ मिडिल ईस्टको सबैभन्दा ठूलो फेशन उत्पादन कम्पनी हो । यसले ल्यान्ड मार्क गु्रपको स्थान पाएको छ । मिडिलको ईस्टको भारत, पाकिस्तान, श्रीलंका र अमेरिकामा सो रुपमा रहेको यस कम्पनीको मुख्यालय दुबइमा रहेको छ । ईशा यस वर्षको अन्तिममा हुने कार्यक्रमपछि  अभियानमा जुट्नेछिन् ।
‘जन्नत–२’ र ‘हमशक्लस’ जस्ता फिल्ममा काम गरिसकेकी ईशाले भनिन्, ‘यो एक प्रतिष्ठित ब्रान्ड हो, जसले विदेश र भारतमा नयाँ नवीनतम फेसनका लागि चर्चित छ । मलाई लाग्छ ।’ ‘स्प्लेश फेसन ग्रुप इन्डियाको मुख्य सञ्चालक कल्याण कुमार हुन् । उनले कम्पनी ब्रान्डको प्रचारका लागि ईशालाई लिएको बताए ।

Comments