फिल्म निर्माण दोस्रो पुस्तालाई हस्तान्तरण !
screennepal
प्रकाशित: २०७१, ८ श्रावण बिहीबार
no img

काठमाडौं । लामो समयपछि फिल्म निर्माणमा फर्किएका निर्माता शेखर कोइरालाले समय सापेक्ष फिल्म निर्माण गर्ने भन्दै आफ्नो सम्पूर्ण जिम्मेवारी छोरा संजोगलाई हस्तानतरण गरेका छन् ।
जिम्मेवारी हस्तान्तरणसँगै यी निर्माताले दर्शकको इच्छाअनुसार प्रत्येक बर्ष फिल्म निर्माण गर्ने घोषणा गरेका छन् । कोइराला निर्मित फिल्म ‘उत्सव’ १३ भदौबाट रिलिज हुँदैछ । यसै फिल्मको टेलर सार्वजनिक कार्यक्रममा कोइरालाले फिल्म निर्माण आफ्ना छोरालाई हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा छोरा सञ्जोग र बाबु शेखरले हरेक बर्ष दुई फ्लेवरका फिल्मलाई निर्माण गर्ने पनि जनाइएको थियो । कार्यक्रममा अनटाइटल सब्जेक्टमाथि रञ्जित रानालाई निर्देशकका रुपमा फिल्म निर्माणको घोषणा पनि गरिएको छ । ‘उत्सव’ बाट निर्माता कोइरालाका छोरा सञ्जोगले हिरोको रुपमा डेब्यू गर्ने भएका छन् । फिल्ममा सञ्जोगका अलावा सौगात मल्ल, गौरव पहारी, प्रकृति श्रेष्ठ र मेनुका थापाको मुख्य अभिनय रहने बताइएको छ ।

utsav 2

Comments