मिस युएस नेपालमा १५ भिड्दै
screennepal
प्रकाशित: २०७१, ७ श्रावण बुधबार
no img

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आइरहेका नेपाली युवतीहरुलाई लक्षित गर्दै यो बर्ष पनि युएस चौथो सस्करणको अन्तिम १५ जना सहभागी छानिएका छन्। अमेरिकामा रहेको संथा इभेन्ट प्लानेट इंकले नेपाली संथा इ(प्लानेट प्रालिको सहकार्यमा आउदो भाद्र १५ गते न्युयोर्कको क़ुइन्स थिएटरमा कार्यक्रम आयोजना गर्न लागिरहेको छ।
अमेरिकाको विभिन्न राज्यहरुबाट आएको आबेदनमध्ये छानिएका अन्तिम १५ सहभागीले आफ्नो व्यक्तित्वविकास गर्दै कार्यक्रम मा आफ्नो प्रतिभा प्रदर्शन गर्नेछन। सहभागीले कार्यक्रमको बन्दसत्र भित्र व्यक्तित्व विकास, नेपाली कला, सस्कृति तथा पर्यटन विकास, महिला शशक्तिकरण र अधिकार लगाएतका बिषयमा तालिम पाउनु का साथै नेपाल र नेपाली को लागि भावी जीवनमा आफुले गर्ने कार्ययोजना पनि निर्माण गर्नेछन।
आयोजक संथाका सदस्य निराकर उप्रेतीका अनुसारयुवा शशक्तिकरण र नेपाल कोमूल प्रबर्धननारा को साथ आयोजना गर्न लागिएको यस कार्यक्रममा नेपाली कला, सस्कृति, भाषा र पर्यटन को प्रबर्धन गर्नुका साथै बौद्धिक सुन्दरतालाई बढावा दिइनेछ।सहभागी हरुले नेपाली युवारयुवतीको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय जगतमा नेपाललाई चिनाउन प्रयत्नरत रहनेछन। मिस नेपाल अमेरिका पहिलोपल्ट सन् २०११ मा अमेरिकाको न्युयोर्कमा सम्पन्न भएको थियो ।

Miss Nepal US

Comments