विधानसभामा ‘हेट स्टोरी–२’ रोक्न माग
screennepal
प्रकाशित: २०७१, ६ श्रावण मंगलवार
no img

नयाँदिल्ली, (एजेन्सी) ।  बोल्ड फिल्म ‘हेट स्टोरी–२’ लाई रोक्न माग गरिएको छ । फिल्म अति बोल्ड भएको भन्दै कर्नाटक विधानसभामा ‘हेट स्टोरी–२’ रोक्न माग गरिएको हो । यस फिल्ममा जय भानुशाली र सुवरीन चावला मुख्य भूमिकामा छन् ।
सोमबार कर्नाटक विधानसभामा जनता दलका सेक्युलर विधायक वाईएसबी दत्तले फिल्म रोक्न माग गरेका हुन् । उनले भने, ‘हेट स्टोरीका प्रदर्शन रोक्न चाहन्छौं, किनकि, यस फिल्मको उत्तेजक दृश्यले महिलाविरुद्ध अपराध निम्ताउन सक्छ । यसले बलात्कारजस्ता अपराधलाई बढावा मिल्छ ।’ विधायक दत्तको भनाइलाई आत्मसाथ गर्दै गृहमन्त्री केजे जर्जले भने, ‘मैले पुलिस प्रसासनलाई फिल्मको बोल्ड सीन्सको जाँच गरेर रिपोर्ट बुझाउन निर्देशन दिइसकेको छु ।
hate story

Comments