अब नन्दिताको ‘लोग्ने मान्छे’
screennepal
प्रकाशित: २०७१, ६ श्रावण मंगलवार
no img

काठमाडौ । दीलिप रायमाझी अभिनेत्री नन्दिता केसीको ‘लोग्ने मान्छे’ बन्ने भएका छन् । दीलिप नन्दिताको आफै ‘लोग्ने मान्छे’ बन्न खोजेका भने होइनन् । दीलिपलाई नन्दिताको ‘लोग्ने मान्छे’ बनाउने काम प्रदीप मित्तलले गरेका हुन् । मित्तलले दीलिप र नन्दितालाई मुख्य कलाकार लिएर चलचित्र फिल्म ‘लोग्ने मान्छे’ बनाउँने भएका छन् । नाम ‘लोग्ने मान्छे’ भए पनि यस चलचित्रलाई नारीप्रधान भनिएको छ, जुन चलचित्रको मंगलबार (आज) एक कार्यक्रमबीच निर्माण घोषणा गरिएको छ ।
चलचित्र ‘लोग्ने मान्छे’ ले बैवाहिक बन्धनपछि हुने स्वभाविक तथा अस्वभाविक ठगीले समस्याग्रस्त मनोविज्ञानलाई कथानक रुपमा चित्रण गर्ने बताइएको छ । लय संग्रौलाले निर्देशन गर्ने यस चलचित्रमा मदन गोपाल सुब्बा र उत्तम केसीको सह निर्माण रहने भएको छ । चलचित्रमा दीलिप र नन्दिताका अलवा केशव भट्टराई, बालदीप राई, करिश्मा ढकाल, उत्तम केसीलगायतको पनि मुख्य अभिनय रहने छ । ‘लोग्ने मान्छे’ मा संगीत चेतन सापकोटाले गरेका छन् ।

nandita kc

 

Comments