दीलिपको घरलाई संग्रहालय बनाउँदै पाकिस्तान
screennepal
प्रकाशित: २०७१, ४ श्रावण आईतवार
no img

इस्लामावाद, (एजेन्सी) । अभिनेता दीलिप कुमारको पेशावरस्थित पुर्खौली घरलाई पाकिस्तानी सरकारले संग्राहलय बनाउने तयारी गरेको छ । पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफले दीलिप कुमारको घरलाई अधिग्रहण गर्न आदेश दिएका हन् । उक्त घरलाई पाकिस्तानी सरकारले १ करोड २ लाखमा खरिद गरेको हो, जसमा चाँडै संग्रहालय बन्ने बताइएको छ ।
समाचारमा बताइएअनुसार संग्रहालयको उद्घाटन भव्य कार्यक्रमसहित गरिँदै छ । सो कार्यक्रममा दीलिप कुमार र उनका परिवारलाई पनि बोलाइने जनाइएको छ । करिब १ सय ३० वर्गमिटर फैलिएको घर निकै जीर्ण छ । ख्वानी बाजार इलाकामा रहेको सो घरमा दिलीप कुमारको जन्म सन् १९२२ मा भएको थियो । तर, उनी सानैमा परिवारसँगै मुम्बई आए । खाली घर छाडेर मुम्बई लागेपछि केही जग्गा अतिक्रण भएको बताइएको छ । दिलीप कुमारका एक नातेदारका अनुसार दिलीप कुमार त्यस घरमा नआएको निकै समय भइसकेको छ । दिलीप कुमार बलिउडका वरिष्ठ कलाकार हुन् । साथै, बलिउडका महान् अभिनेता मानिएका राज कपुरको पुस्तौली घर पेशावरमै हो ।

dilip house

Comments