बलात्कार ‘साइलेन्ट किलर’भन्दा घातक : एन्जेलिना जोली
screennepal
प्रकाशित: २०७१, ३२ असार बुधबार
no img

लन्डन, एजेन्सी) । हलिउड अभिनेत्री एन्जेलिना जोली यतिखेर यौन हिंसाविरुद्धको अभियानमा सक्रिय छिन् । यी अभिनेत्रीले समाजमा हुँदै आएका बलात्कारका घटना ‘साइलेन्ट किलर’को संज्ञा दिइन् ।

Angelina
यौनहिंसा निर्मूल अभियानको विश्व सम्मेलनमा सहभागी हुन लन्डन पुगेकी जोलीले भनिन्, ‘समाजमा हुने गरेका र हुँदै आएका बलात्कारका घटना साइलेन्ट किलरभन्दा घातक हुन्छ ।’ सम्मेलनमा जोलीलगायत विश्वका प्रतिठिष्ट पाँच हस्तीले पनि सहभागी जनाए । तर, जोलीले बलात्कारजस्ता जघन्य सामाजिक अपराधको नियान्त्रण गर्न विश्वस्तरमै जागरण फैलाउनु पर्ने डृढता लिएकी छन् । केही वर्ष यता विभिन्न मानवसेवामा सक्रिय अभिनेत्री जोलीले लन्डनको ‘ग्ल्यामर म्यागजिन’ सँग कुरा गर्दै यौनहिंसाबारे आफ्नो धारणा राखेकी हुन् । जोलीले भनिन्, ‘म जहाँ गएँ, त्यहाँ बलात्कार एक प्रकारको साइलेन्ट किलरका रुपमा बुझेँ । बलात्कारले सम्पूर्ण समाजलाई नै खत्तम गर्नसक्छ ।’
जोलीसँग अभियानमा संलग्न भएर काम गरिसकेका जैनव बंगुराले जोलीको काम गर्ने डृढताप्रति प्रशंसा गरे । उनले भने, ‘मैले यति दृढताका साथ काम गर्ने अन्य हस्ती देखेकै छैन । जोलीसँग संयुक्त राष्ट्रमा पनि काम गरिसकेको छु । र, कंगोमा पनि सँगै काम ग¥यौैं । तर, सबैभन्दा बढी जोली बलात्कारको मुद्दामा गहिरिएर लागेकी छन् । यो विश्व मानव तथा समृद्ध समाजका लागि पक्कै सकरात्मक कुरा हो ।’

Comments