हेरी पोटर अभिनेताको मृत्यु
screennepal
प्रकाशित: २०७१, ३२ असार बुधबार
no img

लस एन्जलस, (एजेन्सी) । लोकप्रिय सिरिज फिल्म ‘हेरी पोटर’ का अभिनेता डेव लेगेनोको मृत्यु भएको छ । समाचारमा बताइएअनुसार ५० वर्षीय अभिनेता डेवको शव शनिबार क्यालिफोनियास्थित डेथ भ्यालीमा भेटिएको थियो । उनले ‘हेरी पोटर एन्ड डेथली हेल्लो’ मा रूप बदल्ने फेनरिर ग्रेबेकको भूमिका गरेका थिए ।
प्रारम्भिक अनुसन्धानअनुसार उनको मृत्यु गर्मीका कारण भएको बताइएको छ । फिल्ममा ड्रैको ालफोयको भूमिका गरेका अभिनेता टोम फेल्टनले डेवलाई श्रद्धाञ्जली दिँदै भनेका छन्, ‘उनी स्क्रिन बाहिर एकदमै निराश थिए ।’ लेगेनो टिभीमा समेत काम गरेका डेवले ‘स्नो ब्हाइट’, ‘हन्ट्समेन’ र ब्याट्समन बिगिन्स’ जस्ता फिल्ममा अभिनय गरेका छन् । पेसेवर बक्सरसमेत रहेका अभिनेता डेवले मृत्यु हुनुअघि ‘सोर्ड अफ वेन्जन्सु’ नामक फिल्ममा अभिनय गर्ने तयारीमा थिए ।

Comments