चलचित्र क्षेत्र मर्यादित बनाउन सञ्चारमन्त्रीको प्रतिवद्धता
screennepal
प्रकाशित: २०७१, ३२ असार बुधबार
no img

काठमाडौं । नेपाली चलचित्र क्षेत्रको विकास र विस्तारका लागि समयानुकूल चलचित्र नीति जरुरत रहेको सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले बताएका छन् । सूचना तथा सञ्चार मन्त्रालयद्वारा मंगलबार राजधानीमा आयोजित ‘राष्ट्रिय चलचित्र नीतिसम्बन्धी अन्तmिक्रया’ मा यस्तो बताएका हुन् । उनले चलचित्र मुलुकको पहिचानसँग जोडिएको क्षेत्रलाई विकसित, भरपर्दो र मर्यादित बनाउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै सञ्चारमन्त्री डा. रिजालले सरकारले यथाशीघ्र चलचित्र नीति पारित गर्ने र त्यसलाई लागू गर्ने प्रतिबद्धता जनाए । विसं २०२६ पछि आउन लागेको नीतिमा सकेसम्म धेरै व्यावसायिक र वैज्ञानिक विषय समावेश गर्नुपर्नेमा जोड दिँदै मन्त्री रिजालले भने, ‘भावना र भावावेशमा भन्दा पनि व्यावहारिक धरातलमा रहेर अत्यावश्यक तत्वहरुको विस्तृत छलफलको गर्न आवश्यक छ ।’ चलचित्र क्षेत्र आर्थिक समृद्धि र अर्थतन्त्रसँग जोडिएको भन्दै उनले रोजगार प्रवद्र्धन र समुन्नतिका लागि पनि बढी मर्यादित बनाउनुपर्ने बताए । चलचित्र क्षेत्रबाट निर्यात बढाउने र व्यापार व्यवसाय अभिबृद्धि गर्नेतर्फ सरकारले गर्नुपर्ने सबै काम भइसको बताउँदै मन्त्री रिजालले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि मात्रै पनि नेपाली सिनेमा देखाउन सके उपलब्धि हुने विश्वास मन्त्री रिजालले व्यक्त गरेका थिए ।

कार्यक्रमा चलचित्र नगरी कुन स्थानमा बनाउने र त्यसको आधार के हुने भन्ने विषयमा चलचित्र क्षेत्रका विज्ञबाटै सुझवको अपेक्षा मन्त्री रिजालले गरेका छन् । वरिष्ठ निर्देशक यादव खरेलको संयोजकत्वमा एक वर्षअघि गठन भएको राष्ट्रिय चलचित्र मस्यौदा समितिले प्रस्ताव गरेको नीतिमा कमजोरी भएका र थप गर्नुपर्ने विषयमा सरोकारवालासँग छलफल गरिने बताइएको छ । कार्यक्रममा नीतिका मस्यौदाकार खरेलले वातावरणमात्रै बन्ने हो भने दशौं हजारले रोजगारी पाउने र मुलुकको संस्कृति, कलाको प्रवद्र्धनहुने भएकाले तत्काल चलचित्र नीति पारित गरिनु पर्ने बताए । मस्यौदामाथि टिप्पण्ँी गर्दै निर्देशक लक्ष्मीनाथ शर्माले प्रस्तावित ऐन लागू हुने हो भने नेपाली चलचित्र उद्योग स्वर्ण युगमा प्रवेश गर्ने बताए ।

Comments